सुकेटार : दुर्घटनाग्रस्त हेलिकोप्टरका यात्रुहरूका शव काठमाडौं पठाउनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा हुनेबित्तिकै शव काठमाडौंतर्फ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताएका छन् । उनका अनुसार मौसममा सुधार आउनेबित्तिकै शव काठमाडौं पठाइनेछ ।
ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ ।
हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकोप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातजनाको निधन भएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५