काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले आज ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकामा गहिरो दुःख व्यक्त गरेकी छन् ।
साथै हेलिकोप्टरमा सवार पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवकहरूको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी हुन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५