म्याग्दीः उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा रहेको सर्वोदय माविमा विद्युतीय पुस्तकालय सञ्चालनका लागि एक विदेशी संस्थाले १७ लाख रुपैयाँ मूल्य बराबरका १९ थान ल्यापटप सहयोग गरेको छ ।
दक्षिण कोरियाको अम हङ गिल फाउण्डेशनले उक्त मूल्य बराबरको १९ थान ल्यापटप कम्प्युटर सहयोग उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि पुनले जानकारी दिए । संस्थाका प्रतिनिधिले विद्यालयमा हालै आयोजित एक कार्यक्रममा ल्यापटप हस्तान्तरण गर्नुभएको अध्यक्ष पुनले जानकारी दिए ।
सो संस्थाले यसअघि विद्यालयको भवन निर्माणमा पनि सहयोग गरेको थियो । भवनलगायत पूर्वाधार र शैक्षिक क्षेत्रमा संस्थाले रु डेढ करोड बराबरको सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष पुनले बताए ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५