काठमाण्डाै : गत साता भारतमा भएको हिरो महिला गोल्डकपमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली महिला फुटबल खेलाडीलाई जनही एक एक लाख रुपैयाँ प्रदान गर्ने घाेषणा गरेकाे छ । अखिल नेपाल फुटबल संघ एन्फाले २३ जना खेलाडीहरुलाई पुरस्कारकाे घाेषाणा गरेकाे हाे ।
हिरो महिला गोल्डकपमा नेपालले साफ च्याम्पियनसिपको सर्वाधिक सफल टिम भारतलाई हराएको थियो । साफ महिला च्याम्पियनसिपको उपाधि जितेमा टिमका प्रत्येक सदस्यलाई उचित पुरस्कारको घोषणा गरिने एन्फाले जनाएको छ । यतिमात्र होइन, टिमका सदस्यहरुलाई विदेशमा प्रशिक्षण गर्न पठाउने तयारी पनि एन्फाले गरेको छ ।
साफ च्याम्पियनसिप फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा हुनेछ । अहिले नेपाली टिम विराटनगर पुगेर प्रशिक्षणमा व्यस्त छ । प्रतियोगिताका लागि प्राविधिक तयारी अन्तिम अवस्थामा पुगेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५