रुपन्देही : म्यान्मारका भिक्षु प्रज्ञाश्री बुद्ध जन्मस्थल आउँदा आफुलाई साक्षात बुद्ध कै दर्शन गरेर पवित्र भएको अनुभूति हुने भन्दै हरेक वर्ष लुम्बिनी आउनुहुन्छ ।
म्यान्मारको वर्मामा जन्मिनुभएका भिक्षु प्रज्ञाश्री नेपाली मुलका बर्मेली हुन् । उनका जिजुबुबा छविलाल भट्टराई नेपालबाट म्यान्मारको बर्मा बसाइँ रहकाे थियो तर उनलाई नेपाल र लुम्बिनीप्रति अथाह स्नेह छ हरेक वर्ष नेपाल नआई मनले मान्दैन ।
लुम्बिनी नजिकै पर्ने शङ्करनगरको सुख शान्ति विहार र परियत्ति विहारमा उनले विभिन्न धार्मिक गतिविधि सञ्चालन गरी बुद्ध दर्शनको प्रचार गर्छ । पहिलोपटक आउँदा मेरो प्रवचन सुन्ने कोही हुँदैनथे, अहिले त उपासक उपासिका आउनुहुन्छ, थोेरै व्यक्तिलाई भए पनि बुद्धको शिक्षा बुझाउन पाउँदा खुशी छु ।
लुम्बिनीलाई बुद्ध जन्मस्थल भनेर प्रचार गर्न अब जरुरी छैन बरु बुद्ध शिक्षाको प्रचार गरौँ–भिक्षु प्रज्ञाश्री भन्छ । म्यान्मार कै याङ्गुनबाट लुम्बिनी आएका भिक्षु चन्द्रश्रीलाई पनि लुम्बिनी अत्यन्तै मन पर्छ । याङगुनमा नेपाल गोर्खा विहार बनाएर त्यसैको संरक्षण गर्दै आएका भिक्षु चन्द्रश्री हरेक वर्ष लुम्बिनी आउछ । लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा ध्यान बस्ने, प्रार्थना गर्ने र विभिन्न विहारका आध्यात्मिक गतिविधिमा सहभागी हुने गर्छ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५