बाजुरा : खप्तड छेडेदह गाउँपालिकाको दशरथ माविले आयोजना गरेको वृहत बढालेक दशरथ धार्मिक तथा शैक्षिक महोत्सव आजदेखि शुरु भएको छ ।
खेल मैदानको स्तरोन्नति र विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि महोत्सव सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिर्घमती देवी ओलीले बताए। महोत्सव हिन्दुहरुको ठूलो पर्व महाशिवरात्री मेलाको अवसरमा आठ दिनसम्म चल्ने आयोजक समिति संयोजक लालबहादुर खड्काले बताए। विद्यालयको शैक्षिक सुधार र ज्ञान आर्जनमा केन्द्रीत गरेर महोत्सव गरिएको विद्यालयका प्रधानाध्यापक खडकसिंह विष्टले जानकारी दिए ।
महोत्सवको अवसरमा भजनकिर्तन, जीवन उपयोगी प्रवचन, नाचगानका साथ विवाह, तुलादान, ब्रतवन्धसहितका धार्मिक कार्य पनि गरिने छ । छात्रावास निर्माण, कृषि तथा भेटेरिनरीतर्फको कक्षा सञ्चालन, खेल मैदानको पर्खाल तथा प्यारापिट निर्माणसहितका गतिविधिलाई केन्द्र भागमा राखेर महोत्सव गर्न लागिएको विद्यालयका शिक्षक प्रेमबहादुर ओलीले बताए ।
बढालेक दशरथ धार्मिक तथा शैक्षिक महोत्सवको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले उद्घाटन गरे।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५