काठमाडौं : चर्चित टिभी सो ‘को बन्छ करोडपति’ का लागि सोमवार खिचिएको एक एपिसोडमा भुवन केसी, उनका छोरा अनमाले केसी र निरुता सिँहले सहभागी जनाएका छन् । सोमबार खिचिएको उक्त एपिसोड अर्को हप्ता एपी वान टेलीभिजनबा६ प्रशारण हुनेछ ।
‘को बन्छ करोडपति ?’ मा फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ’क्याप्टेन’ को टिमलाई क्विच खेलेर करोडपति बन्न बोलाएका हुन् । हमालले सोधेको प्रश्नको उत्तर दिन बाबु छोरा हट सिटमा बस्दा निरुताले भने पछाडि बसेर हौसला दिइरहेकी थिइन् ।
एपिसोडको छायांकन पश्चात ‘क्याप्टेन’ टिमसँगै रहेकाे अभिनेता हमालले पत्रकार समक्ष रमाइलो कुराकानी पनि गरे । हमालले भुवनसँग वर्षौपछि भेट भएकोमा खुसी व्यक्त गर्दै आफ्नो समकालिन भुवन र निरुता नभएर अनमोल रहेको बताए ।
भुवनले पनि नयाँ फिल्ममा राजेश आफ्नो ठूलो छोरा र अनमोल कान्छो छोरा भएर काम गर्ने तयारी भइरहेको ठट्यौली गरे । तर, हमालले आफू कान्छो छोरा रहेको बताए । उनले भने–‘अनमोलभन्दा त म दुई वर्ष कान्छो नै हुँ ।’
पत्रकारसँगको कुराकानीको क्रममा अनमोल केसीले सबै दर्शक फेरि दुई सुपर स्टारलाई एउटै फिल्ममा हेर्न चाहेको र आफु पनि निकै आतुर रहेको बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५