काठमाडौं : नेपाली कांग्रेसभित्र पार्टी विधानमा बहुमतले पारित गरिएका केही विषयलाई लिएर विवाद चर्किएको छ । केन्द्रिय समितिले सर्वसम्मत अनुमोदन गरि महासमिति बैठकमा पेश भएर पुनः केन्द्रिय समितिले अन्तिम रुप दिएको विधानमा फरक मत दर्ज भएको हो । महासमिति बैठकको भावना विपरित केन्द्रिय समितिको बहुमतले विधान पारित गरिएको भन्दै सभापति शेरबहादुर देउवा इतर समुहले सोमबारको बैठकमा फरक मत लेखेको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्यहरु डा.रामशरण महत, दिलेन्द्र बडु, शेखर कोइराला, अर्जुननरसिंह केसी,रामकृष्ण यादव, दिपक गिरी, गुरुराज घिमिरे, कृष्ण सिटौला, प्रदिप पौडेल लगायतका संस्थापन इतर समुहका नेताहरुले नोट अफ डिसेन्ट लेखेका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्यहरु डा.रामशरण महत, दिलेन्द्र बडु, शेखर कोइराला, अर्जुननरसिंह केसी,रामकृष्ण यादव, दिपक गिरी, गुरुराज घिमिरे, कृष्ण सिटौला, प्रदिप पौडेल लगायतका संस्थापन इतर समुहका नेताहरुले नोट अफ डिसेन्ट लेखेका हुन् ।
के-के विषयमा लेखियो ‘फरकमत’ ?
कांग्रेस महासमिति बैठकमा जिल्ला सभापतिहरुले केन्द्रिय तहका सबै नेताहरु तल्लो तहबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधि आउनुपर्ने माग उठाएका थिए । कांग्रेसमा केन्द्रिय पदाधिकारी र सदस्यहरु हाल स्वतः महाधिवेशन हुने व्यवस्था छ । जिल्ला सभापति र केही महासमिति सदस्यहरुले तल्लो तहमा जानुपर्ने माग राखेपनि केन्द्रिय समितिको बहुमतले त्यसलाई अस्विकार गरेपनि संस्थापनइतर समुहले फरक मत राखेको हो ।
सोमबार केन्द्रिय समिति बैठकमा बहुमतले सोही व्यवस्थालाई कायम गरेको छ । केन्द्रिय पदाधिकारी,सदस्यहरु स्थानीय तहबाटै निर्वाचित भएर महाधिवेशन,महासमितिमा जानुपर्ने र समानुपातिक,समावेशीतर्फ सुविधा पाउने व्यक्ति दोहोर्याउनुहुन्न भन्ने महासमिति बैठकको आवाजलाई केन्द्रिय समितिको बहुमतले कुल्चिएको आरोप फरकमतमा लेखिएको छ । ‘यस्तो महत्वपूर्ण विषयहरु केन्द्रिय समितिबाट बहुमतले निर्णय गर्ने प्रक्रियानै गलत भएकाले यो फरक मत राखिएको छ,’ फरक मतमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५