इलाम: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारको पाँच वर्षमा विकासको जग बस्ने बताएका छन् ।
साेमबार माईनगरपालिकास्थित वडा नं ५ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारले विकास निर्माणको काम गर्न शुरु गरेको उल्लेख गरे । उनले मुलुक अहिले समृद्धिको दिशामा उन्मुख भइसकेकाले यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यकर्ताले गरेको प्रश्नमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले अबका दिनमा चुनावी कार्ययोजनाअनुरुप नै पार्टी र सरकार अघि बढ्ने बताए । चुनाबी घोषणापत्रअनुसार नै काम गर्ने योजना बनाइएको छ, खनालले भने, पाँच वर्षमा विकासको काम तीव्र गतिले हुन्छ ।
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५