काठमाडौँ : कृषिमा लगानी आर्कषित गर्ने उद्देश्यले यहि फागुन १६ र १७ मा साना किसानका लागि दोस्रारो राष्ट्रिय सम्मेलन हुने् भएको छ । यसअघि पहिलो सम्मेलन २०७१ मा भएको थियो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिको आयोजनामा काठमाडौँमा हुने सो सम्मेलनमा देशभरका झण्डै एक हजारभन्दा वढी साना कृषि समूहका प्रतिनिधि सहभागी हुने भएका छन् ।
चार वर्ष पहिले १९ बुँदे घोषणपत्र जारी गर्दै पहिलो सम्मेलन सम्पन्न भएको थियो भने यसवर्ष ‘साना किसानको समृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ शुरु हुने भएको छ ।
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका उपाध्यक्ष खेमबहादुर पाठकले राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीति निर्माता गरी एकजार २०० व्यक्तिको सहभागिता हुने बताए ।
गरीबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षणजस्ता काममा सम्मेलनबाट सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । सम्मेलनमा प्रस्ुतत हुने २८ कार्यपत्र छलफल गरी निचोड निकालिने भएको छ ।