आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले चीनलाई ५ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ७७ रन बनायो ।
जवाफमा चीन २० ओभरमा ६ विकेट गुमाउँदा ७२ रनमा रोकियो । मात्र चार रन हुँदा पहिलो विकेट गुमाएको चीनले २० रन बनाउदा दुई विकेट खेर फाल्यो । उसका लागि झाङ चानले तीन, कप्तान हुवाँ झुओले तीन, फो सोङले ६ रन बनाइन् ।
तेस्रो विकेटका लागि केइउन झु र झाङ मेइले ३८ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । तर झु १८ रनमा आउट भएपछि चीनले ५८ रनमा चौथो विकेट गुमायो ।
अन्तिम ओभरमा चीनलाई जितका लागि १६ रन आवश्यक थियो । तर उसले पूरा गर्न सकेन । जसमा उसले एक विकेट गुमाउन पुग्यो ।
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५