अमेरीका: कोलोराडोमा सकृय संस्था लङमन्ट हिमालयज लायन्स क्लब र ब्लड डोनर्स अफ अमेरीकाको संयूक्त आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बोल्डर स्थित बोनफिल्स सेन्टरमा सम्पन्न रक्तदान कार्यक्रममा १० जना नेपाली र एक स्थानीय गरी जम्मा ११ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्ने इच्छा धेरै जनाको भएपनि विभिन्न कारणले गर्दा ११ जनामात्र रक्तदान गर्नयोग्य ठहरिएका थिए।
अमेरीकाको नियम अनुसार रक्तदान गर्न ३ वर्षसम्म लगातार अमेरिका बसेको र एक वर्ष भित्र अमेरिका बाहिर मलेरिया प्रभावित क्षेत्रमा गएको भए अमेरिका फर्केको एक वर्ष पछि मात्र योग्य ठहरिने छ।
रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा विकल पराजुली, टिका पौडेल, श्रीराम लुईटेल, कुमारजंग कार्की, नातिबाबु भट्ट, रिपेन्द्र कार्की, बुद्धीप्रसाद लामीछाने, स्थानीय अमेरिकी टोम, तारादेबी श्रेष्ठ, रुपेश बराल र रामगोपाल श्रेष्ठ रहेका छन्।
आयोजक संस्था लङमन्ट हिमालयज् लायन्स क्लबका अध्यक्ष विकल पराजुलीले नेपाली समुदायका व्यक्तिहरुलाई आवश्यक परेको बेला सजिलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको बताएका छन्। रीका कोलोराडो च्याप्टरका संयोजक श्रीराम लुईटेलले बताएका छन्।
कार्यक्रममा ब्लड डोनर्स अफ अमेरीकाका माउण्टेन रिजन क्षेत्रीय संयोजक भुषणलाल श्रेष्ठ, बिभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार गन्यमान्यहरुको उपस्थिती रहेको थियो।
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५