डाेटी जिल्लाकाे जोरायल र बोगटान गाउँपालिकाको केदारअखडामा १५ शैय्याको अस्पताल बन्ने भएको छ ।
जोरायलको प्राथमिक स्वास्थ्य केन्द्र सरस्वतीनगर र बोगटानको केदारअखाडा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाइने भएको हो । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र यहाँका सबै स्थानीय तहमा न्यूनतम १५ शैय्याको अस्पताल निर्माण गर्ने कार्यक्रम घोषणा गरिएको छ । उक्त कार्यका लागि सङ्घीय सरकार र स्थानीय तहको संयुक्त लागत रहने जनाइएको छ ।
उक्त व्यवस्थालाई कार्यान्वयन गर्नका लागि प्रदेश तथा स्थानीय तहले आआफ्नो क्षेत्राधिकार भित्रका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई १५ तथा २५ श्ययामा स्तरोन्नतिको प्रक्रिया अघि बढाइ दिन भन्दै स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५