पाल्पाः पाल्पामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि आएको छ । यस वर्ष पाँच हजार ९३६ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । जिल्लामा ७५९ हेक्टर जमीनमध्ये उत्पादनशिल ४४८ हेक्टर जमिनमा सुन्तला खेती गरिएको छ । प्रतिहेक्टर १३.२५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका अर्थविज्ञ ज्ञानकुमार यादवले बताए ।
गत वर्ष उत्पादनशिल ४४० हेक्टर क्षेत्रफलमा पाँच हजार २९२ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । उत्पादकत्व प्रतिहेक्टर १२ मेट्रिकटन सुन्तला उत्पादन रहेको छ । सुन्तला उत्पादनका लागि समय अनूकुल, रोग किराले कम आक्रमण गरेपछि गरेपछि उत्पादन बढेको हो ।
जिल्लाको अमलावास, भुवनपोखरी, सोमादी, सिद्धेश्वर, पालुङ्गमैनादी, मुझुङ्, देउराली, खस्यौली, भैरवस्थान, गल्धा, रिङनेरह लगायतका क्षेत्रबाट ठूलो परिमाणमा सुन्तला उत्पादन हुने गर्छ । यस वर्ष कृषकले प्रतिकिलो रु २५ देखि ७४ सम्मको मूल्यमा सुन्तला बिक्री गरेका छन् । यहाँ उत्पादन भएको सुन्तला बुटवल बजारमा बिक्री हुने गर्दछ
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५