जापान : गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको क्षेत्रीय समिति बिस्तार हुने भएको छ।
बढ्दो नेपाली संख्या र त्यस क्षेत्रका नेपालीहरुको अनुरोधलाई मध्यनजर गर्दै परिषदको नीति तथा कार्ययोजनामा क्षेत्रिय समिति बिस्तार एवं सुझाव पेश गर्न महासचिवलाई दिएको जिम्मेवारी अनुसार मिति २०१८ फ्रेवुअरी २४ तारिक सम्पन्न क्षेत्रिय भेलामा सुझाव सहितको प्रतिवेदन पेश गरेको थियो।
उक्त भेलाले ८ बुदे घोषणापत्र जारी सहित क्षेत्रिय समिति गठन गर्ने निर्णय समेत गरेको थियो ।
भेलाको निर्णयलाई कार्यन्वयन गर्न मिति २०१९ फेव्रओरी २३ तारिक अध्यक्ष टासि वाङदी लामाको अध्यक्षतामा बसेको परिषदको नियमित बैठकले यहि मार्च १० तारिक आईतवार चिवामा तदर्थ कमिटि गठन गर्ने गरि उपाध्यक्ष शिव प्रसाद पौडेललाई संयोजकको जिम्मेवारी दिएको महासचिव बुद्धिराज घिमिरेले बताए ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५