ताप्लेजुङ समाजसेवा युएईको प्रथम अधिबेशनबाट सोनी भण्डारीको नेतृत्वमा नयाँ समिति चयन भएको छ ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा दावा छिरिङ शेर्पा र तृतीय उपाध्यक्षमा घनेन्द्र खतिवडा चयन भए ।
त्यस्तै महासचिव, सचिव, कोषाध्यक्ष र सह-कोषध्यक्षमा क्रमशः भवानी लिम्बु, बुद्ध लिङदेन, रस्ना लिम्बु र धनेन्द्र कार्की चयन भएका छन् ।
दुई वर्षे कार्यकालका लागि नवगठित समितिको अन्य सदस्यहरुमा शिवरात्री नाल्बो, लोकेन्द्र पालुङ्वा, नुपु शेर्पा, बलराम अधिकारी, सरस्वती लिम्बु, यसोधा कार्की, खगेन्द्र अधिकारी, गौरवा ओली, टंक गुरुङ, रिज्जु सिटौला, राज लिम्बु, विकास बनेम, उदीप ओख्राबो, विवेक लिङ्देन, राम अन्छोङबो र ओङ्दी शेर्पा चयन भएका हुन् ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५