काठमाडौ : अमेरिकाको भ्रमणमा रहेकी राष्ट्रसभा सदस्य सांसद कोमल ओलीले अमेरिकामा जन्मेका बालबालिकलाई आफ्नो बाल गीत सुनाएकी छिन् ।
अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलस्थित नेपाली पाठशाला सेन्टरभिलको निमन्त्रणामा अमेरिका पुगेका ओलीले बालगित सुनाएकी हुन् ।
नेपाली पाठशाला अफ भर्जिनियाकी सञ्चालक विना खड्का लामा, पाठशालाका प्रधानाचार्य विष्णु खरेल, सञ्चालक चन्द्र लामालगायत अभिभावकहरुले ओलीलाई निम्तो गरका हुन् ।
पाठशालाका प्रधानाचार्य विष्णु खरेलले अतिथिहरुलाई स्वागत गर्दै नेपालको पाठ्यक्रम अनुसार अध्यापन गराउने बताएका थिए । उक्त बिद्यालयमा करिव १ सय ५० विधार्थीहरु हाल रहेका छन् ।
ओलीले साना बालबालिकालाई ‘ठूलो भए पछि नेपाल फर्कनुपर्छ ल !’ भनेर आग्रह गर्दा सबैले एकै स्वरमा ‘हुन्छ’ भनेका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५