काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । धुम्वराहीस्थित ह्याम्स अस्पतालमा उपचारत उनको स्वास्थ्य सुधारोन्मुख देखिएको स्वकीय सचिव महेश विष्टले जानकारी दिए ।
नेता अधिकारीको उपचार सघन उपचार कक्षमा आइसीयु मै राखेर गरिएको छ । गत माघ २ गते उनको स्वास्थ्यमा समस्या देखिएर ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएमा सुधार नभएपछि उनलाई माघ २४ गते ह्याम्स अस्पतालमा लगिएको थियो । स्वकीय सचिव विष्टका अनुसार छातीमा समस्या देखिएको बयासी वर्षीय अधिकारीको उपचारमा डा राजु पङ्गेनी, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायत सम्लग्न छन ।