तुलसीपुर ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको ३ वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताएका छन् ।
रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नेपालको पानी र जनताको लगानीलाई सार्थक तुल्याउने काम भइरहेको उल्लेख विभिन्न स्थानमा विद्युत् उत्पादनको काम भइरहेको छ, अबको ५ वर्षमा जनताले मागेजति विद्युत् उपलब्ध गराउनेतर्फ सरकार लागेको छ,’ मन्त्री पुनले भने ।
‘तुलसीपुर उपमहानगरपालिकासँग विगरे । ‘द्युत् विस्तारका लागि साझेदारी कार्यक्रम गर्नेबारे कुरा भएको छ, अब दाङका २२ वटै नाकामा विद्युत् पु¥याउन लाग्नेछौं,’ उनले भने ।
अर्को फरक प्रसङ्गमा प्रदेश नं. ५ को राजधानी सबैलाई पायक पर्ने स्थानमा राखिनेमा जोड दिँदै मन्त्री पुनले ‘बाँके, बर्दियालगायत जिल्लाले पनि कुरा उठाएका छन्, राजधानीका लागि प्रदेशसभाले सबै स्थानीय तहको निकटताको हिसाबले स्थायी राजधानी तोक्नेछ,’ उनले भने ।
उपमहानगरका वडा शोकमा बन्द हुने
पाँच नं. प्रदेशअन्तर्गत दाङ क्षेत्र नं. ३ ख का सांसद उत्तरकुमार ओलीको निधनमा तुलसीपुर उपहानगरपालिकाले आज ३ ख अन्तर्गतका वडा कार्यालय बन्द गरेको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार उक्त क्षेत्रमा पर्ने १, २, १० र ११ नं. वडा कार्यालय आज एक दिन बन्द गर्नुका साथै १३ दिनसम्म वडा कार्यालयमा शोक पुस्तिका राख्नका लागि निर्देशन पनि दिइएको छ ।
दुर्घटनामा परेका सांसद ओलीको उपचारका क्रममा गए राती १ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५