काठमाण्डौ । नेपालयले संचालनगर्दै आएको लघु–सांगीतिककार्यक्रम‘पलेँटी शृंखला’ फेबु्रवरी महिनादेखि शुरु हुने भएको छ । लामो अन्तरालपछि शुरु हुनथालेको पलेँटीको आन्तरिक तयारी पूरा भइसकेको जानकारी नेपालयले गराएको छ ।
सन् २००५ बाट थालिएको पलेँटीको मञ्चमा नेपालीआधुनिकगीत, संगीत क्षेत्रकाअधिकांश सर्जकहरू प्रस्तुतभइसकेका छन् । पलेँटीले नेपालीआधुनिक संगीतमाचर्चित र लोकप्रिय रहेर पनिदर्शक, श्रोता सामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारहरूलाई प्रस्तुतगर्दै आएको छ ।
अँग्रेजीमहिनाको अन्तिमशुक्रवार एक दिनमात्रहुने गरेको पलेँटीकार्यक्रम यस पालीभने महिनाको अन्तिम सप्तान्त– शुक्रवार, शनिवार र आइतबार गरी तीनदिन र त्यसपछिका महिनामादर्शकको प्रतिक्रिया र चासोको आधारमा एक हप्तासम्मआयोजना गर्ने योजना रहेको कुरा नेपालयले जानकारी गराएको छ ।
‘लामै ग्यापपछि पलेँटीथालिँदै छ । साँच्चै भन्दाजुनकलाकारहरूलाई ध्यानमा राखेर पलेँटी शुरु गरिएको थियो, तीकलाकारहरू प्राय सबै पलेँटीमा समावेश भइसकेका छन् । यहीक्रममापलेँटी सांगीतीककार्यक्रममात्र नरही, कला संगीतकापारखीको भेट्ने बाहना र थलोको रुपमापनि स्थापितहुँदै गयो । त्यसैले हामीले उहाँहरूकै आग्रहमापलेँटीको प्रस्तुतिकरणलाई परिमार्जित गरी पुनः शुरु गर्न लागेका हौं।’ पलेँटी संयोजकआभासले भने ।
आउँदो शुक्रबार शुरु हुने यसपालीको पलेँटीमहिलागायनमाआधारित हुने भएको छ । त्यसैले यो पलेँटी नेपालीआधुनिक संगीतमामहिलाकलाकारको योगदानमा केन्द्रितहुनेछ । कार्यक्रममा नेपालीआधुनिक संगीतमामहिलाकलाकारहरूको विगत र वर्तमानको चर्चा गर्दै गीत प्रस्तुत गरिनेछ ।
‘नेपाली समाजको चालचलनले गर्दा महिलाकलाकारहरूको सक्रियकलाकारिताको अवधित्यतिलामो रहँदैन त्यसैले पनिपारिवारिक जिम्मेवारी पूरा गर्दै उनीहरूले गरेको सांगीतिक र साँस्कृतिक योगदानलाई झन् महत्वकासाथ हेर्नु पर्छ र तिनलाई निरन्तर कदर गरिरहनु पर्छ ।‘ महिलाविशेषपलेँटीका बारे आभासको टिप्पणी थियो ।
यसपालीको विशेष कार्यक्रममापलेँटी–चेलीतथाअहिलेकीचर्चित गायिकामीना निरौलाले दर्जनभन्दा धेरै नेपाली संगीतकाप्रतिनिधिमहिलाश्रस्टाहरुलाई सम्झँनेछिन् । साथै कार्यक्रमलाई शुरुवातदेखि नै संचालनगर्दै आएका संगीतकाविद्यार्थी एवं संगीतकर्मी आभासले यस कार्यक्रमसँगमिल्दा संदर्भलाई संक्षिप्तवाचन गर्ने छन् ।
मीना निरौला सन् २००७ देखि पलेँटीमा प्रस्तुतभएकाअग्रजगीतकार, संगीतकारसँग आफ्नो गायन प्रस्तुतगर्दै आएकीपलेँटीसँग सम्बन्धितगायिकाहुन् । उनले यसपालीप्रथम नेपाली रेकर्डेड गायिका मेलवादेवीदेखि त्यसपछिका र पछिल्लो समयकागायिकासम्मकाप्रतिनिधि रचनाहरूलाई स्वर दिनेछिन् जसमा नेपाल र नेपालबाहिरका गायिकाका नेपाली रचना समावेस हुनेछन् ।
‘नेपाली संगीतकाअग्रजहरूको गायन शैलीलाई बुझ्नपलेँटीले मलाई अभ्यस्त गरायो त्यसैले यो मेरो संगीतको विद्यालयपनिहो । यो विद्यालयको मञ्चमाबस्नपाउँदा म सँधै उत्साहित हुन्छु । यसपाली त महिलाअग्रजहरूको गायनसँग जोडिने मौका पाएकोले झन् हर्षित छु ।‘ ‘आर’शालामावाद्यवादकबीचअभ्यासरत मीनाआउँदो पलेँटी बारे भन्दै थिइन् ।
‘अबकापलेँटीमा संगीतसँग आवद्ध विषय केन्द्रितकार्यक्रमपनि प्रस्तुतहुने छन् । यसैको शुरुवात स्वरुप, फेबु्रवरी महीनाको पलेँटीलाई हामीले ‘नेपाली संगीतमामहिलाको संलग्लनता र योगदान’विषयमा केन्द्रितगर्दै कार्यक्रमनिर्माण गरेका हौं ।’ पलेँटी कार्यक्रमबारे आभासको थप टिप्पणी थियो ।
यहीफेब्रुवरी, २२, २३ र २४ मा हुने पलेँटी कालिकास्थान स्थित नेपालयको साबिककै कार्यक्रमस्थल ‘आर.शाला’मा प्रस्तुतहुनेछ ।
पलेँटीको टिकटबूकिंगपलेँटी र नेपालयका सामाजिक संजालमार्फत तथाअनलाइनखरिद धधध।तजगउचबष्।अयmबाटगर्न सकिन्छ।
प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५