काठमाडौं । मलेसियामा धुर्मुस सुन्तली साँझ सम्पन्न भएको छ । सो साँझमार्फत चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ३५ लाख ७१ हजार रुपैयाँ संकलन भएको छ ।
मलेसियाका तीनवटा शहरहरु क्वालालम्पुर, जोहोर बारु र पेनाङमा कार्यक्रम सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ गरिएको सीताराम कट्टेल धुर्मुसले जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्योभन्दा बढी स्वःस्फुर्त तिनवटै कार्यक्रममा रंगशाला निर्माण अभियानलाई आफूले सकेको सहयोग पनि खुलेर गर्नुभयो ।’
कार्यक्रम स्थलबाट २० लाख ७१ हजार रुपैयाँ र आयोजक सिटी एक्सप्रेसको तर्फबाट १५ लाख रुपैयाँ प्राप्त भएको उनले जानकारी गराएका छन् ।
हाँस्य कलाकार सीताराम कट्टेल ‘धुुर्मस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले खोलेको धुर्मुससुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा करिब ३ अर्ब रुपैयाँको लागतमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५