काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले सानदार जित निकाल्दा उपाधीको दाबेदार मानिएका म्यान्चेस्टर सिटी र चेल्सी पराजित भएका छन् ।
नयाँ प्रशिक्षक ओले गुन्नारले प्रशिक्षण सम्हालेपछिको पहिलो खेलमा युनाइटेडले कार्डिफमाथि ५–१ को जित निकाल्यो । युनाइटेडको जितमा जेसी लिंगार्डले दुई गोल गरे भने एन्डर हेरेरा, एन्थोनी मार्सियाल र मार्कस र्यास्फोर्डले एक एक गोल गरे ।
कार्डिफका लागि कामरासाले एक गोल पेनाल्टीमार्फत फकाएका थिए । लगातार खराब नजिता निकालेपछि अघिल्लो सातामात्रै युनाइडेडले प्रशिक्षक जोजे मौरिन्होलाई पर्खास्त गरेर युनाइटेडकै पूर्व खेलाडी ओलेलाई नियुक्त गरेको थियो ।
शनिबाररातिको अर्को खेलमा उपाधि होडमा रहेको म्यान्चेस्टर सिटी क्रिष्टल प्यालेससँग ३–२ ले पराजित भयो भने चेल्सी आफ्नै घरेलु मैदानमा लेस्टर सिटीसँग १–० ले स्तब्ध बन्यो ।
जितपछि १८ खेलबाट २५ अंक बटुल्दै लेस्टर नवौं स्थानमा उक्लिएको छ भने समान खेलबाट ३७ अंक जोडेको चेल्सी चौथो स्थानमा छ ।
शनिबार राति नै भएका अन्य खेलमा आर्सनलले बर्नलीलाई ३–१ ले, साउथह्याम्पटनले हडर्सफिल्डलाई ३–१ ले, बर्नमाउथले ब्राइटनलाई तथा वाटफोर्डले वेष्ट हृयामलाइ समान २–० ले हराए । फुलह्याम र न्युक्यासलले भने गोलरहित बराबरी खेलेका छन् ।
प्रकाशित मिति: शनिबार, पुस ७, २०७५