मुलुकको राजनीति अस्थिर रहेको समयमा खासगरी मधेसमा संविधानको अन्तर्वस्तुलाई लिएर असन्तुष्टि पोखिएको बेलामा नेकपा एमालेले मेची–महाकाली अभियान गरिरहेको छ । एमालेको अभियान झापाबाट सुरु भएर सप्तरी आइपुग्दा फागुन २३ गते एउटा अप्रिय घटना हुन पुग्यो । जुन घटनाको जिम्मेबारी मधेसी मोर्चाले लिनुपर्ने भनेर एमालेले भनिरहेको छ भने मोर्चाले एमालेले लिनुपर्ने बताइरहेको छ । यही सन्दर्भमा आजको न्युजले मोर्चाको एक घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवसँग गरेको कुराकानी ।
चुनाव नै हुन दिन्न भन्दै हुनुहुन्छ कनि यस्तो भन्या ?
–हैन । हामी चुनावकै पक्षमा छौँ, लोकतन्त्र बलियो बनाउन तयार छौँ । चुनाव भयो भने लोकतन्त्र बलियो हुन्छ । तर चुनाव गराउनका लागि गर्नुपर्ने काम सरकारले अहिलेसम्म गरेन । हाम्रा मागहरु जे छन त्यो सरकारले पुरा गरेको छैन । माग पूरा नगरी चुनाव सम्भव पनि छैन । अहिले स्थानीय चुनाव गर्ने समय हैन । पहिला संघ र प्रदेशको चुनाव गराउनु प¥यो त्यसपछि स्थानीय चुनाव त प्रदेशले गराउछ । तर सरकारले यो कुरा मानिरहेको छैन । पञ्चायत कालामा जस्तो अहिले पनि केही व्यवस्थाहरु राखिएको छ हामी त्यो परिवर्तन गराउन चाहन्छौँ । स्थानीय चुनाव जवर्जस्त गराउन खोजीए हामी सहभागी हुँदै हुँदैनौँ ।
यादवसँग गिरएकाे कुराकानीको पूरा हेर्न यहाँ जानुहोला ।
एमालेले सप्तरीमा गरेको कार्यक्रममा किन अबरोध गर्नुभयो ?
–मधेसी मोर्चाले सप्तरीमा एमालेको कार्यक्रममा कुनै अबरोध गरेको छैन । सबै राजनीतिक दलहरुले देशका जुनसुकै ठाउँमा कार्यक्रम गर्न पाउँछन जुन मौलिक अधिकार हो । तर एमालेको तर्फबाट कार्यक्रमका सन्दर्भमा जे धारणाहरु आयो त्यसबाट जनताहरु आक्रोशित भएको देखिन्छ र जनताहरुले नै त्यहाँ बिरोध र अबरोधहरु गरेको देखिन्छ । लाखौँ मान्छेहरु सडकमा आएका बेलामा मधेसी जनताको विरुद्धमा एमालेका नेताहरुले अपमानित हुने कुराहरु बोल्नु भएको छ । जुन गलत हो । एमालेले आफ्नो व्यवहारामा सुधार गर्नुपर्छ, बोलीमा सुधार्नु पर्छ । जुन घटना घटेको छ त्यो एमालेको कारण हो, सरकारको कारण हो । आससभा सकेपछि गोली चलाएर जनताको हत्या गरिएको छ । यसको जिम्मेबारी एमालेले लिनुपर्छ ।
अनि सरकारमा त तपाईंहरु पनि हुनुहुन्छ नि त उसो भए तपाईहरुकै संलग्नतामा गोली चल्यो हैन त ?
– स्वभाभिवक रुपमा सरकारलाई हामीले समर्थन गरेका हौँ त्यही भएर भन्दै छौँ सात दिन भित्र हाम्रो माग पूरा नभए समर्थन फिर्ता लिने भनिसकेका छौँ । मान्छेहरु मरेकै राति हामीले विज्ञप्ति पनि जारी गरेका छौँ । जुन घटना घटेको छ यसमा हामीलाई शंका लागि रहेको छ । यसमा सरकार र प्रमुख ठूला दल संलग्न भएको हाम्रो शंका छ ।
सप्तरीमा त मेधसी मोर्चाका स्थानीय नेताले नै नेतृत्व गरेर एमालेको कार्यक्रममा अबरोध सिर्जना गरेका थिएन नि ?
–जनताले गरेका हुन । हामीले गरेको हैन । हामीले भनेका छौँ छानविन गर्नुपर्छ भनेका छौँ । मान्छेलाई समातेर टाउकोमा गोली तोकर हान्न मिल्छ ? त्यही गोली नुवाकोटमा चाहिँ रबरको गोली चलाउन हुने त्यो पनि घुँडा मुनी हान्ने तर सप्तरीमा चाहिँ सिधा टाउकोमा तोकर गोली हान्ने के गर्न खोज्दै छ यो सरकार ? मोर्चाको आफ्नै खालको बिरोधका कार्यक्रमहरु रहेका छन । तर राजविराजमा जे भयो त्यो त जनताहरुले गरेका हुन ।
ए उसो भए एमालेलाई सप्तरीमा फेरि कार्यक्रम गर्न स्वागत छ भन्न खोज्नु भएको हो ?
–विलकुल गतल । मैले नबोलेको विषयमा समेत सञ्चार माध्यमहरुले मेरो हवाला दिँदै सप्तरीमा एमालेलाई स्वागत छ भनेर लेखेको पाएँ । म के भन्दै छु भने सबै राजनीतिक दलहरु देशका सबै भागमा गएर कार्यक्रम गर्न स्वतन्त्र छन तर मैले एमालेलाई स्वागत गर्ने भन्ने चाहिँ गलत हो ।
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७३