मेलवर्न । अष्ट्रेलियाको प्रतिष्ठित यति फुटबल क्लबले हरेक वर्ष आयोजना गर्ने ९ ए साईड कँडेल कन्सल्टेन्सी कप राष्ट्रिय फुटबल प्रतियोगिता अाजबाट मेलबर्नमा सुरू भएको छ । दुई दिनसम्म चल्ने प्रतियोगितामा अष्ट्रेलियाभरका १६ टिमले सहभागिता जनाउँदै छन । मेलबर्न ५, सिड्नी ५, डार्विन, पर्थ, एडिलेड, अल्बरी, तास्मानिया क्यानबेरा गरी १६ टिम उपाधिका लागि भिड्नेछन् । यस्तै ३५ वर्षमाथि उमेर समूहमा ८ टिमको सहभागिता रहने छ । शिनबार लिगका खेलहरु हुनेछन् भने आइतबार फाईनल खेलहरु सञ्चालन हुनेछ ।
सात वर्षदेखि सञ्चालन भइरहेको प्रतियोगितामा अष्ट्रेलियाभरका उत्कृष्ट खेलाडीहरु सहभागी हुने प्रतियोगिताको प्रयोजक कँडेल कन्सल्टेन्सीका निर्देशक राज कँडेलले जानकारी दिनुभयो । उहाँले प्रतिष्ठित खेलमा प्रायोजन गर्न पाउँदा खुशी महशुस भएको बताउनुभयो । उहाँले भन्नुभयो “हामी सिल्भर स्पोन्सर भएकाले यस वर्ष यो अवसर मिल्यो, सल्लाह गरेर यसलाई स्वीकार्यौं । युवाहरुको सहभागिता हुने भएकोले खेलको माध्यमबाट हाम्रो समाजमा केही भएपनि योगदान दिनका लागि हामी अघि आएका हौं ।” यति क्लबमा नेपालको राष्ट्रिय टोलीमा समेत खेलिसकेका खेलाडी पनि अनुबन्धित छन् ।
यस खेलको मुख्य प्रयोजकको रुपमा रहेको कडेल कन्सलटयान्सी अष्टे«लियमा रहेको पहिलो नेपाली शैक्षिक तथा माइग्रेसन कम्पनी हो । अष्ट्रेलियाको मेलबर्नमा रहेको कँडेल कन्सल्टेन्सी मेलबर्नको प्रतिस्ठित संस्था हो । अष्ट्रेलियामा रहेका नेपालीहरुका सबै महत्वपूर्ण सामाजिक कार्यमा अग्रणी भुमिका खेलिरहेको यो कम्पनीले छिट्टै नेपालका काठमाडाँै, पोखरा र चितवनमा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७३