काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द सार्क क्षेत्रभन्दा बाहिरी देशमा उपाधि जित्ने पहिलो नेपाली फुटबल खेलाडी बनेका छन् । उनी इन्डोनेसियाको लिग वानमा उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
जाकार्ताको मुख्य सदस्यको रुपमा रहंदै आएका रोहितले मोस्ट भ्यालुयवल प्लेयर्स तथा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । रोहित सन् २०१३ देखि निरन्तर पर्सिजा टिमबाट खेलिरहेका छन् । जसमा उनले यो सिजनमा २१ खेल खेल्दा तीन गोल गरेका थिए । नेपाली मिडफिल्डर रोहित चन्दको टिम पर्सिजाले इन्डोनेसिया फुटबल लिग वन को उपाधि जितेको छ । जसमा रोहित लिगको मोष्ट भ्यालुयवल खेलाडी बने ।
उनकै उत्कृष्ट प्रदर्शनमा जाकार्ताले लिग वानको उपाधि उचाल्न सफल भएको हो । अन्तर्राष्ट्रिय क्लबमा आबद्ध भएर दक्षिण एसियाली राष्ट्र बाहिर टिम च्याम्पियन बनाउने र विधागत अवार्ड जित्ने रोहित पहिलो नेपाली फुटबलर हुन् ।
यसअघि गोलकिपर किरण चेम्जोङले विदेशी भूमिमा उपाधि जिते पनि सबै सार्क क्षेत्रकै थिए । किरणले मल्दिभ्स र भारतको आई लिगको उपाधि जितेका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५