जापान । जापानको होक्काईदो स्थित वाकानाई होकुसेई गाकुईन विश्वविद्यालयमा अध्यापनरत नेपाली वैज्ञानिक प्रा.डा. विष्णुप्रसाद गौतमले बनाएको रोबोर्ट ‘आमाको जाँतो’ जापानमा सर्वाेत्कृष्ट भएको छ । ‘आमाको जाँतो’ले जापानको सर्वाधिक चर्चित ‘ईटी रोवोकन २०१८’ को उपाधि जितेको छ ।
जापानमा नोभेम्बर तेस्रो साता भएको प्रतियोगिताको अन्तिम फाईनलमा चार उत्कृष्ट सहभागीलाई पछि पार्दै गौतमको प्रोजेक्टले उपाधि चुमेको हो । जापानको योकोहामामा भएको फाईनल प्रतिस्पर्धामा आमाको जाँतो वेष्ट च्याम्पियनसिप अवार्ड २०१८, नेसनल च्याम्पियनसिप अवार्ड २०१८ र आईपीए अवार्ड गरी तीन विधामा समेत उत्कृष्ट ठहरिएको छ ।
सो प्रतिस्पर्धामा जापानका ४४ राज्यबाट छनौट भएका उत्कृष्ट रोबोर्टले सहभागिता जनाएका थिए ।
नेपालको कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिकाका गौतमले नेपाली परिवेशमा गाँउघरमा चलाइने जाँतोलाई ‘आमाको जाँतो’ नाम दिएर सोलारबाट संचालन हुने स्वचालित जाँतो बनाएका थिए । विभिन्न किसिमका खाद्यान्नका पिठो पिस्न मिल्ने गरि तयार गरिएको सो जाँतो आईओटी र रोवटिक्स प्रयोग गरी आवाजका भरमा सञ्चालन गर्न सकिने जनाइएको छ ।
आमाको जाँतोले आगामी वर्ष अमेरिकाको लस भेगस शहरमा हुने सेश २०१९ अन्तराष्ट्रिय स्तरको प्रतिस्पर्धामा समेत सहभागिताका जनाउने भएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०७५