कोलोराडो । ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नाराका साथ अमेरिकामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को तेस्रो संस्करणका लागि तयारी तीब्र पारिएको छ ।
जनवरी ५ तारिख २०१९ मा आयोजना गरिने कार्यक्रमका लागि तयारी थालिएको हो । नेपाली चलचित्रकर्मीहरुको प्रोत्साहन तथा सम्मानका लागि गरिने उक्त कार्यक्रम संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा हुनेछ ।
अवार्डलाई विशुद्ध रुपमा नेपाली सिनेमा क्षेत्रको बजार प्रबर्द्धन, कलाकारको सम्मान र चलचित्र पर्यटनको विकासका लागि लिइएको आयोजकले जनाएको छ । अवार्ड कार्यक्रमको अध्यक्ष नवराज श्रेष्ठ र संयोजक मदुकुमार श्रेष्ठ रहेका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५