काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि शनिबार पनि कार्यालय खुला गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक बढेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो ।
ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५