काठमाडौं । नेपाली कामदार मलेसिया लैजाने विषयमा नेपाल सरकार र मलेसियाली सरकारबीच श्रम सम्झौता भएको छ ।
सोमबार मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौतासँगै अब नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् ।
यसअघि नेपाल र मेलसियाको श्रम मन्त्रालय स्तरमा भएको वार्ताले कामदारको भिसा शुल्क, टिकट शुल्क रोजगारदाताले ब्यहोर्ने समझदारी जुटाएको थियो ।
त्यस्तै कामदारले मेनपावरलाई तिर्नुपर्ने सेवा शुल्क समेत रोजगारदाताले नै ब्यहोर्ने बुदाँसमेत सम्झौतामा समेटिएको छ । त्यस्तो सेवा शुल्क कामदारको पहिलो महिनाको आधा तलब हुनेछ ।
अब नेपालमा जिएसजी र स्वास्थ्य परीक्षणको शुल्क कामदारले तिर्नुपर्ने तर मलेसिया पुगेलगत्तै कामदारको तलबमा सो रकम रोजगारदाता कम्पनीले हालिदिनुपर्ने समझदारी भएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०७५