युएई । सारजहाँमा नेपाली महिलाहरुबिच चक्कु हानाहान हुँदा १ नेपाली महिलाको ज्यान गएको छ । अन्य ३ जना घाइते भएका छन् ।
अबुधावीस्थित नेपाली दुतावासका अनुसार मृत्यु हुनेमा काठमाडौंकी सिर्जना बराल रहेकी छन् भने ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका छन् ।
सारजहाँमा रहेको तान्जिफ्को क्लिनिङ सर्भिसेस एलएलसी कम्पनीमा सँगसँगै काम गर्ने पाँचजना महिलाहरुका बिच भएको विवादमा नुवाकोट घर भएकी सोनी तामाङले चक्कु प्रहार गरेको बताइएको छ ।
घटनामा घाइते भएका चारै जनालाई तत्काल अस्पताल लगिएपनि सिर्जनाको उपचारकै क्रममा मृत्यु भएको हो ।
अब कारवाही के हुन्छ ?
युएईको कानुन अनुसार चक्कु चलाउने सोनी तामाङलाई हत्याको अभियोगमा जेल चलान हुन्छ । अदालतमा मुद्धा दायर भएपछि मृतकको परिवारले चाहेबमोजिम मृत्युदण्ड, ब्लडमनि वा आममाफी समेत हुन सक्दछ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०७५