काठमाडौं । नेपाली कामदारलाई मलेसिया लैजाने विषयमा श्रम सम्झौता हुने भएको छ । सम्झौतामा हस्ताक्षरका लागि मलेसियाका मानव संशाधन मन्त्री एम कुलाशेगरण आइतबार नेपाल आउँदै छन् ।
नेपाली कामदार मलेसिया लैजाँदा लाग्ने शुल्क मलेसियाली रोजगारदाताले नै व्यहोर्ने विषय समेटिएको श्रम सम्झौतामा सोमबार हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
यसअघि नेपाली र मेलसियाको श्रम मन्त्रालय स्तरमा भएको वार्ताले कामदारको भिसा शुल्क, टिकट शुल्क रोजगारदाताले ब्यहोर्ने समझदारी जुटाएको थियो । त्यस्तै कामदारले मेनपावरलाई तिर्नुपर्ने सेवा शुल्क समेत रोजगारदाताले नै ब्यहोर्ने बुदाँसमेत सम्झौतामा समेटिएको छ । त्यस्तो सेवा शुल्क कामदारको पहिलो महिनाको आधा तलब हुनेछ ।
अब नेपालमा जिएसजी र स्वास्थ्य परीक्षणको शुल्क कामदारले तिर्नुपर्ने तर मलेसिया पुगेलगत्तै कामदारको तलबमा सो रकम रोजगारदाता कम्पनीले हालिदिनुपर्ने समझदारी हुन लागेको हो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०७५