टेक्सस । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएपछि भट्टराईले त्यससम्बन्धी प्रकाशित समाचारप्रति आपत्ति प्रकट गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले लेखेका छन्, ‘यो कस्तो पत्रकारिता हो कुन्नि ? पाँचसय जनाको सहभागितामा भित्र भएको उच्च्स्तरीय विमर्श समाचार नबन्ने तर बाहिर ठ्याक्कै पाँच जनाको विरोध चाहिँ भँगेरे अक्षरमा....! जो अगुवा उही बाटो ..... अनि देश कसरी समृद्ध बनोस् ?’
डा. भट्टराई एक कार्यक्रममा सहभागी हुन डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा उनीमाथि कालो झण्डा सहित केही युवाले विरोध प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५