न्यूयोर्क । तामाङ समाज अमेरिकाले न्यूयोर्कमा आफ्नो कार्यालय स्थापना गरेको छ । शनिबार आयोजित समारोहमा नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले कार्यालयको उदघाटन गरेका छन् ।
सो अवसरमा महावाणिज्यदूत भट्टराईले अमेरिकामा रहेका सम्पूर्ण नेपाली समाजलाई मिलेर अगाडि बढ्न सुझाव दिएका छन् । ‘मिलेर अगाडि बढ्न सकेमा सबै नेपालीको भलो हुन्छ,’ उनले भने, ‘तपाईहरु फरक ढंगबाट काम गर्नुस् र नेपाली समुदायलाई माथि लाने काम गर्नुस् ।’
विभिन्न संघ सस्थाका अगुवाहरुको उपस्थिति रहेको कार्यक्रममा समाजका अध्यक्ष सानुमाया तामाङले यसै बर्ष अर्थात् २०१८ मा स्थापना भएको समाजले आफ्ना गतिविधिहरुलाई आफ्नै कार्यालयबाट संचालन गर्ने उद्देश्य र समाजसँग आवद्धहरुको सहजताका लागि कार्यलय स्थापना गरेको जानकारी दिइन् ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०७५