म्यानमार । मिस्टर मोडल अफ द वर्ल्ड– २०१८ को उपाधि नेपाली मोडल दिक्पाल कार्कीले जितेका छन् । अन्य ९ प्रतिस्पर्धीहरुलाई पछि पार्दै कार्कीले उपाधि जितेका हुन् ।
भारत, थाइल्याण्ड, इन्डोनेशिया, फिलिपिन्स, चीन लगायतका देशबाट मोडलहरु सहभागी भएको प्रतिष्पर्धामा दिक्पालले अरु तीनवटा टाइटल पनि जितेका छन् । उनले मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको उपाधि पनि जितेका छन् ।
कार्कीले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जित्नुका साथै विभिन्न ब्राण्डहरुमा समेत मोडलिङ गरेका, एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०७५