सिकागो । ‘नेपाली समुदायको लागि एकता’ भन्ने नाराका साथ सिकागोमा शुक्रबार सुरु भएको नेपाली नेशनल कन्भेन्सन आइतबार सम्पन्न भएको छ ।
अमेरिकामा रहेका नेपालीहरुको पुराना तिनवटा संस्थाहरु, एएनए, नाशा र अन्माले यो सम्मेलन संयुक्त रुपमा पहिलो पटक आयोजना गरेका हुन् ।
शुक्रबार उदघाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुर्वप्रधानमन्त्री एवम् नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल रहेका थिए । समारोहमा बोल्दै नेता नेपालले अमेरिकामा आर्जन गरेको उन्नत ज्ञान, सिप र श्रोत साधनलाइ नेपालको हितमा समेत उपयोग गर्न आग्रह गरे । “यहाँ सिकेको सिप र क्षमतालाइ मातृभुमीको हितमा लागाउनुस” उनले भने । नेपालले गैर आवासीय नेपालीले विमति राखेको नागरिकता विधेयकलाइ उनिहरुको मर्म अनुकुल संसोधन गर्ने आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
सम्मेलनमा विभिन्न बिषयमा सेमिनारहरु संचालन गरिएको थियो । कार्यक्रमको आकर्षणको रुपमा रहेका महाविर पुनले राष्ट्रिय आविश्कार केन्द्रको बारेमा नेपाल फोरममा कार्यपत्र प्रस्तुत गरेका थिए । लगानी तथा रोजगार फोरम, महिला सशक्तिकरण फोरम, विज्ञान तथा प्रविधि फोरम, पर्यटन सम्बन्धी सेमिनार र कानूनी फोरम संचालन गरिएको थियो ।
कन्भेन्सनको पहिलो दिन सम्पन्न मिट एण्ड ग्रिटमा नेपालबाट आएका बरिष्ठ नेताहरु तथा ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति थियो । सम्मेलनमा लोकप्रिय कलाकारहरु प्रमोद खरेल, हिमाल सागर, निमा रुम्बा र सत्यस्वरुप आचार्य, नेहा आचार्य, कर्मा व्याण्ड र स्थानिय कालकारहरुले गितसंगीत प्रस्तुत गरेका थिए भने खेलकुद र साहित्य प्रतियोगिताहरु पनि संचालन गरिएको थियो ।
सम्मेलनमा एएनए, नाशा, अन्माले नेशनल कन्भेन्सनको सम्बन्धमा एक संयुक्त प्रतिबेदन पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालको समसामयिक विषयमा अन्तक्र्रिया आयोजना गरेको थियो जसको सहजीकरण संस्थाका महासचिव किरण मरहट्ठा र पत्रकार सुर्य थापाले गरेका थिए ।
सम्मेलनको अर्को आकर्षणको रुपमा रहको नेपाली पपुलर फिल्म अवार्ड आइतबार साँझ सम्पन्न भयो । अवार्ड कार्यक्रम नेपाल मोसन पिक्चर्स एसोसिएसनको सहकार्यमा सम्पन्न भएको हो । विभिन्न समाजिक व्यक्तित्वहरुलाइ अमेरिकी राष्ट्रपति कार्यलयबाट प्रदान गरिएको प्रेसिडेन्ट भोलेन्टिएर्स अवार्ड पनि हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०७५