सिकागो । ‘नेपाली समुदायको लागि एकता’ भन्ने नाराका साथ सिकागोमा शुक्रबार सुरु भएको नेपाली नेशनल कन्भेन्सन आज अन्तिम दिन चलिरहेको छ ।
अमेरिकामा रहेका नेपालीहरुको पुराना तिनवटा संस्थाहरु, एएनए, नाशा र अन्माले यो सम्मेलन संयुक्त रुपमा पहिलो पटक आयोजना गरेका हुन् ।
शुक्रबार उदघाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुर्वप्रधानमन्त्री एवम् नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल रहेका थिए । कार्यक्रममा अन्य अतिथिहरुमा पूर्वमन्त्री सुरेन्द्र पाण्डे, काँग्रेस नेता विश्वप्रकाश शर्मा, नेपाली महावाणिज्यदूतहरु प्रेमराजा महत, ऋषि ढकाल, कलाकारहरु भुवन केसी, सुनिल थापा, प्रमोद खरेल, निता ढुंगाना, हिमाल सागरलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा लगानी, पर्यटन, रोजगारी, स्थानीय संस्था सहभागिता, आप्रवासन तथा व्यवसायिक कानून लगायतका विभिन्न फोरममा सेमिनारहरु सञ्चालन भएका छन् ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०७५