टोकियो । नेपाली कला, संस्कृतिलाई जापानमा चिनाउने उद्देश्यका साथ शनिबारदेखि टोकियोमा सुरु हुन लागेको नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजना फेस्टिवल हुन लागेको हो ।
टोकियोको कोमाजावा पार्कमा हुने सो फेस्टिवल आइतबार सम्म चल्ने छ ।
फेस्टिवलमा बिभिन्न झाँकीहरु, भेषभुषामा नृत्य, गायन, नेपाली खाना लगायत नेपाली कला संस्कृतिको प्रदर्शन गरिने छ ।
यस्तै, मुख्य आकर्षणका रुपमा कलात्मक बौद्ध स्तुपा पनि बनाइएको छ ।
नेपाली नेपाली बिचको भेटघाट र सदभावका लागि पनि फेस्टिवलले विशेष महत्व राख्ने ठानिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५