युएई । गैरआवासीय नेपाली संघ (एनआरएन) को मध्यपूर्वीय भेला युएईको दुबईमा हुने भएको छ । भदौ ८ र ९ गते हुने भेलामा सहभागिताका लागि खानेपानी मन्त्री बिना मगर दुबई पुगेकी छन् । उनले भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री मगर दुबई पुग्दा उनलाई युएईका लागि नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँल, एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।
सम्मेलनमा सहभागी हुन मन्त्री मगरका साथमा पुर्वश्रममन्त्री रमेश लेखक, एनआरएनए सचिवालय हेमन्त दवाडी, एनआरएनए मध्यपुर्व संयोजक आरके शर्मा, उपसंयोजक प्रबिण गुरुङ लगायतको टोली युएई आइपुगेको हो ।
भेलामा सहभागी हुनुका साथै मन्त्री मगरले यूएईमा रहेका नेपाली श्रमिकसँग छुट्टै भेटघाट गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५