बार्सिलोना । गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ महिला सम्मेलन आइतबार लक्जेम्बर्गमा सुरु भएको छ । ‘युरोपियन एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी’ भन्ने मूल नाराका साथ सुरु भएको बैठकको उदघाटन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गरेका छन् ।
बैठकमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश विशेष अतिथिका रुपमा सहभागी रहेका छन् ।
दुई दिनसम्म चल्ने बैठकमा युरोप क्षेत्रका संयोजक शिवकुमार बरालको अध्यक्षता रहेको छ भने गैरआवासीय नेपाली संघका अध्यक्ष भुवन भट्ट, संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, आईसीसीका पदाधिकारीहरु लगायत युरोपस्थित संघको २७ देशका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको छ ।
बैठकमा युरोपमा नेपालीको बढ्दो उपस्थिति र उनीहरुले भोग्नु परेका समस्या र समाधानका उपाय, नेपालमा पूँजीसहित ज्ञान, सीप र दक्षता भित्र्याउने र नेपालको पर्यटन प्रवद्र्धन, लगानीको अवसर, एनआरएनएको विधान, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली नागरिकता लगायतका १५ भन्दा बढी बुँदामा बृहत छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १२, २०७५