यूएई । यूएई सरकारले देशमा अवैध रुपमा बसिरहेका नागरिकहरुलाई तीन महिनाभित्र स्वदेश र्फकने वा भिसा लिएर वैधानिक बन्ने भन्ने दुईवटा विकल्प दिएको छ । यो व्यवस्थासँगै यूएईमा लुकिछिपी बसिरहेका कामदारहरुलाई कुनै एक विकल्प छानेर निर्णय लिन सहज हुने भएको छ ।
जुलाई २३ मा इमिरेट्स आइडी अथोरिटी विभागका उच्च अधिकारी ब्रिगेडिएर साहिदले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएकी थिइन् । उनका अनुसार आगामी अगष्ट १ तारिखदेखि लागू हुने गरी यूएई सरकारले एम्नेष्टी जारी गर्नेछ ।
भिसा वा पासपोर्टको म्याद सकिएका अवैध कामदारले न्यूनतम पाँच सय दिराम तिरेर कुनै पनि कम्पनी वा व्यक्तिगत रुपमा भिसा लिएर काम गर्न वा यूएईमै बसोबास गर्न पाउनेछन् ।
साहिदका अनुसार यो सुविधा लिएर आफ्नो देश जाने जोकोही भविस्यमा पुनः यूएई आउन पाउने छन् । उनीहरुलाई यूएईमा काम गर्न वा घुम्न कुनै प्रतिबन्ध लाग्ने छैन ।
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५