डीसी । हिमालयन फाउण्डेशनको आयोजनामा अमेरिकामा नेपाली म्युजीक फेस्टिभल–२०१८ हुने भएको छ ।
जुलाई १४ अर्थात् असार ३० गते हुने फेस्टिभलमा चर्चित गायिका अन्जु पन्त र गायक राजु लामाका साथ द एक्स ब्याण्डले गीत सुनाउने छन् ।
पोखरामा कराँते प्रशिक्षण भवन निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले हिमालयन फाउन्डेशन कर्पले सो फेस्टिभवल आयोजना गर्न लागेको फाउन्डेशनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले जानकारी दिएका छन् ।
फाउन्डेशनले अमेरिका शहरहरुमा च्यारिटी शो गरी संकलन गरेको रकम नेपालका बिभिन्न स्थानमा स्कूल पुनःनिर्माण, लाइब्रेरी निर्माण, भुकम्पपीडित तथा असहायलाई सहयोग गर्ने गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५