अमेरिका । तेस्रो नेप्लिज अमेरिकन कन्भेन्सन अमेरिकामा शनिबारदेखि सुरु भएको छ । वासिङटन डीसीमा सुरु भएको सम्मेलनले नेपाली कला, संस्कृति र पहिचान जोगाउन भूमिका खेल्ने जनाइएको छ ।
अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्कीले सम्मेलनको शनिबार उदघाटन गरेका छन् । सो अवसरमा बोल्दै कार्कीले सम्मेलनले नेपाली कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा जोड दिने विश्वास व्यक्त गरे ।
उदघाटन कार्यक्रममा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील शाह, ह्यारी भण्डारी, सगुनका कविन्द्र सिटौलालगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, खेलाडीहरु र आमन्त्रित नेपाली समुदायको उपस्थिति रहेको थियो ।
सम्मेलनमा गायिका नलिना चित्रकारको रोमाञ्चक प्रस्तुति रहेको थियो भने भर्जिनियास्थित नेपाली पाठशाला सेन्टर भिलका विद्यार्थीहरुको प्रस्तृति थप आकर्षक बन्यो । दोस्रो चरणको साँस्कृतिक कार्यक्रमका लागि नेपालको कन्दरा ब्याण्ड अमेरिका पुगिसकेको जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, असार १६, २०७५