यूएई । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूएई शाखाको अध्यक्षमा गोपिकृष्ण पंगेनी सर्वसम्मत रुपमा चयन भएका छन् ।
यूएईमा असार ८ गते सम्पन्न अधिवेशनले दुई वर्षे कार्यकालका पंगेनीको अध्यक्षतामा शाखाको नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा ओमकुमारी थयम्वु खाँड र नारायण न्यौपाने, सचिवमा ओमकार पोखरेल, महिला सचिव लक्ष्मी केसी, सहसचिव अमित विश्वकर्मा, कोषाध्यक्ष बिक्रम पौडेल र सहकोषाध्यक्षमा गोपाल भट्टराई रहेका छन् ।
कार्यसमिति सदस्यहरूमा प्रकाश ढकाल, राजेश भण्डारी, हेमबहादुर भण्डारी, अनिस दुवाडी, वीरेन्द्र दंगाल, पारू मगर, हर्क सिंह, रमेश राणा, केविनजंग शाही, नरेन सापकोटा, बिमादेवि न्यौपाने, मनु क्षेत्री, विकाश अधिकारी, होमनाथ कुवर, कृष्ण सुनार, सुनिता गैरे र यमलाल पराजुली रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष तथा बैदेशिक विभाग प्रमुख रमेश बिजी र केन्द्रीय सदस्य कृष्ण आशुको समेत सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शनिबार, असार ९, २०७५