क्यालिफोर्निया । लामो समय देखि निकै चर्चामा रहेको गैर आवासीय नेपाली संघको विज्ञ भेला र राष्ट्रिय समन्वय परिषदको सातौँ साध्रारण सभा भव्य रुपमा सम्पन्न भएको छ ।
गैर आवासीय संघका अभियन्ताहरु र अन्तरर्राष्ट्रिय विद्वतवर्ग तथा नेपालका राजनेताको कुम्भ मेला झै रहेको सो महोत्सव सानफ्रान्सिस्को घोषणा सहित सम्पन्न भएको हो ।
गत जुन १६–१७, २०१८ मा क्यालिफोर्नियाको विश्वप्रसिद्ध सुन्दर शहर सानफ्रान्सिस्कोमा सम्पन्न सो कार्यक्रममा उक्त कार्यक्रममा नेपाल सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारी, पुर्वमन्त्री रेवतीप्रसाद भुषाल तथा डा. प्रकाश चन्द्र लोहनी, अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, आईसीसी अध्यक्ष भुवन भट्ट, पूर्व अध्यक्ष तथा सँरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री के सि, प्रवक्ता भुषण घिमिरे लगायत राष्ट्रिय समन्वय परिषदका अध्यक्ष लगायत पदाधिकारीहरु, अमेरिका क्षेत्रीय सँयोजक गौरी जोशी, सह सँयोजक नविन सेरचन लगायत अमेरिकाका विभिन्न राज्य र अन्य देशहरुबाट समेत सहभागीहरुको उपस्थिति थियो ।
विज्ञ सम्मेलन र साधारण सभाको उदघाटन समारोहमा नेपाल सरकारका मन्त्री रविन्द्र अधिकारीले भूतपुर्व र वर्तमान नेपाली भन्ने हुदैंन भन्ने अभिव्यक्तिले सहभागीहरु उत्साहित भएका थिए । त्यस्तै, मन्त्री अधीकारीले संविधानमा व्यवस्था भएको गैर आवासिय नेपाली नागरिकता सम्वन्धी व्यवस्था अनुसार ढिलोमा एक बर्षभित्र कानून आउँछ भनेर आश्वासन दिए ।
सो अवसरमा कोरियोग्राफर बिन्दु सापकोटाको संयोजनमा एक उच्च कोटीको साँस्कृतिक कार्यक्रमको प्रस्तुतिले सबैलाई मनोरञ्जन प्रदान गरेको थियो भने भोलिपल्ट युथ फोरम, महिला फोरम, च्याप्टर फोरम लगायत सम्पन्न भएको थियो । सो अवसरमा आईडी कार्ड हेल्प डेस्क लगायत समितिले समेत रोचक प्रस्तुति गरेका थिए ।
सदस्य डिल्ली भट्टराई तथा उमा कार्की कन्भेनर रहेको सो कार्यक्रमको सभापतित्व क्षेत्रका संयोजक गौरी जोशी र का अध्यक्ष डा. केशव पौडेलले गरेका थिए । एनआरएनए एनसीसी क्यालिफोर्निया च्याप्टर होस्ट र अन्य संघ संस्थाहरु को–होस्ट रहेको सो कार्यक्रमको अवसरमा उत्तर क्यालिफोर्नियामा सेवारत संघ संस्थाको तर्फबाट पश्चिम अमेरिका नेपाली महासंघ तथा नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष उत्तम कार्कीले रोचक प्रस्तुति गर्दै करिव ६४ हजार डलर उठाउन सफल भएका छन् । उक्त अवसरमा वरिष्ठ समाजसेवी मणी नेपाली पनेरुलाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित गरिएको छ ।
साधारण सभाले महासचिव बी आर लामा र कोषाध्यक्ष डा. प्रकाश अर्यालद्धारा प्रस्तुत प्रतिवेदन स्वीकृत गरेको छ । संस्थालाई अझ प्रभावकारी ढंगवाट अघि बढाउन साधारण सभाले केही विधानका व्यवस्था पनि परिवर्तन गरेको छ । महासचिव बी आर लामाले विधान संशोधन प्रस्ताव बैठकमा राखेका थिए । छलफल पछि बहुमतद्धारा विधान संशोधन गरिएको हो । साधारण सभाले निर्वाचन समिति पनि गठन गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५