विश्वकप फुटबलको चौथो दिन आइतबार ३ वटा खेल हुदैछन् । पहिलो खेल नेपाली समयानसार साँझ ५ः४५ बजे कोस्टारिका र सर्बियाका बिच हुनेछ भने दोस्रो खेल जर्मनी र मेक्सिको बिच राती ८ः४५ बजे हुनेछ । आजको अन्तिम खेल राती ११ः४५ बजे ब्राजिल र स्वीटजरल्याण्डका बिचमा हुनेछ ।
आज खेल हुने सबै टिमहरुमध्ये सबै विश्वकपमा सहभागिता जनाएको ब्राजिल मात्र हो र पछिल्लो ८० वर्षको इतिहासमा विश्वकपको कुनै पनि सुरुवाती खेलमा ब्राजित पराजित भएको छैन ।
यसअघिको विश्वकपमा ब्राजिल र स्वीटजरल्याण्ड एक पटक मात्र भिडेका छन् । ब्राजिलले हालसम्म सर्वाधिक पाँचपटक विश्वकपको उपाधि जितेको छ । तर स्वीटजरल्याण्ड अहिलेसम्म सन् २००६ को समूह चरणमा मात्र शीर्ष स्थानमा रहन सफल भएको छ । विश्वकपमा स्वीटजरल्याण्डको यो ११ औँ उपस्थिति हो ।
यस्तै, कोस्टारिक र सर्बिया यसअघि एकपटक पनि विश्वकपमा आमने सामने भएका छैनन् । कोस्टारिका पाँचौ पटक विश्वकपमा खेल्दैछ । यो टोली सन् १९९० र २०१४ मा नकआउट चरणसम्म पुग्न सफल भएको थियो ।
जर्मनी र मेक्सिको विश्वकपमा चौथो पटक भिड्दैछन् । तर, पछिल्लो तीन भिडन्तमा जर्मनी अपराजित रहेको छ । हालसम्म दुई टोली सबै प्रतियोगितामा ११ पटक आमने सामने भएका छन् जसमा मेक्सिकोले एकमा मात्र जीत हासिल गरेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५