कुनै पनि अभिभावकले आफ्ना छोराछोरी उत्कृष्ट विद्यालयमा पढुन भन्ने चाहाना राख्छन । सेन्ट जेभिएर्स, सेन्ट मेरिज, रातो बंगला, जेम्स जस्ता नाम चलेका विद्यालयमा आफ्ना छोरा छोरीलाई भर्ना गराउने सबै अभिभावकको चाहान त हुन्छ तर त्यहाँ कसरी प्रवेश गराउने भन्ने बारेमा सबै अन्योलमा हुन्छन । उत्कृष्ट विद्यालयमा भर्ना गराउने सबै भन्दा उपयुक्त माध्यम पहिल्याउनु आज सबै अभिभावकका लागि कठिन काम हो । सहरका उत्कृष्ट विद्यालयले सीमित सिटमा भर्ना आह्वान गर्दा लागिरहेको भिडलाई हेर्नेहो भने सजिलै बुझ्न सकिन्छ कि सबै अभिभावक आफ्नो छोरा छोरीलाई उत्कृष्ट विद्यालयको छनौटमा लागिरहेका छन । यो स्वभाविक हो तर चाहाना राखेर मात्रै हुदैन ।
प्रवेश पाउने अब्बल बनाउनका लागि आफ्ना छोराछोरीलाई कस्तो संस्थामा तयारी कक्षा गराउने आजको सबैभन्दा जटिल समस्या हो । हुन त उत्कृष्ट विद्यालयमा भर्ना गराउने उद्देश्य अनुरुप गल्ली गल्लीमा कोचिङ सेन्टर नखुलेका होइनन् । तर ती मध्ये पनि साच्चिकै उत्कृष्ट छनौट गर्न सक्नु चाहिँ अभिभावक बुद्धिमता हुन्छ । लामो समयदेखि अभिभावकहरुको यहि जिज्ञाशाको समाधानका लागि सेन्टजेभियर स्कुल तथा कलेजका पूर्व शिक्षक आर एम झा रातो दिन कस्सिएर लागिरहेका छन । ललितपुरको पुल्चोकस्थित दमकल चोकमा रहेको उनको क्यारियर एकाडेमी साच्चिकै हरेक बर्ष सत प्रतिशत परिणाम दिन सफल भएको छ ।
सेन्टजेभिएर स्कुल तथा कलेजका पूर्व गणित तथा कम्युटर शिक्षक झाले यस्तै अभिभावकहरुको आग्रहबाट आज भन्दा १६ बर्ष पहिले कोचिङ सेन्टरका रुपमा यसको स्थापना गरेका थिए । ललितपुरको जावलाखेलबाट आरम्भ भएको यो सेन्टरमा सुरुमा १० जना विद्यार्थीहरुलाई पढाउन सुरु गरिएको थियो । सुरुकै बर्ष १० जना विद्यार्थीले तयारी कक्षा लिएकोमा ८ जना विद्यार्थी सेन्टजेभिएर र सेन्टमेरिज स्कुलमा नाम निकाल्न सफल भएका थिए । त्यसपछि अभिभावकको हौसला र माया यति बढ्यो कि प्रत्येक बर्ष उनको सेन्टरमा भीड बढ्दै गयो । त्ससपछि त उनले आफनो सेन्टजेभियरकै यात्रा विश्राम गर्दै पूरा समय यस एकाडेमीका लागि दिन सुरु गरे । हरेक वर्ष विद्यार्थीको चाप थाम्न नसकेपछि उनको एकाडेमीले राजधानीकै बानेश्वर, कंलकी, वनस्थली लगायतका स्थानमा शाखा समेत विस्तार गरिसकेको छ ।
बालबालिकाहरूको भीड बढ्दै गएपनि उनको गुणस्तरीयताका सन्दर्भमा भने कुनै सम्झौता गरेका छैनन् । निरन्तर १६ वर्षदेखि ९८ प्रतिशत सफलता हाँसिल गर्दै गएको यो एकाडेमी प्रारम्भिक बाल शिक्षाको सहरकै नमुना सेन्टरको रुपमा विकास भइरहेको छ । बंगलादेशको ढाका विश्वविद्यालयबाट एप्लाइड साइन्सका एमएस्सी झा निरन्तर अभिभावकको माग बोमोजिम बालबालिकाको स्तर उन्नतीमा लागिरहेका भेटिन्छन । सधैँजसो व्यस्त रहने झाले भने ‘‘हाम्रो सफलता भनेकै अभिभावकको चाहाना पुरा गर्ने हो ।’’ सायद त्यहि कडा मेहनतले गर्दा होला उनको सेन्टरमा निरन्तर विद्यार्थीको चाप बढिरहेको छ । प्रि–प्राइमरी शिक्षाको नामा खुलेका मण्टेश्वरीको शिक्षा प्रणाली उपयोगी नभएको बताउने झा मुलुकले यस तहको शिक्षा पद्धति विकासगरी गम्भीर ढंगले लाग्नुपर्ने सुझाव दिन्छन । नयाँ शैक्षिक सत्र आरम्भ हुन लागिरहेको पूर्वसन्ध्यामा उत्कृष्ट विद्यालयमा प्रवेश गराउन भौतारिरहेका अभिभावकका लागि एक उपयुक्त गन्तव्य हुन सक्छ क्यारिअर एकाडेमी । आजको न्युजले उनै झासँग समग्र प्रि–प्राइमेरी शिक्षा उनको एकाडेमीको सफलतामा केन्द्रीत भएर कुराकानी गरेको छ । उनीसँग गरिएको कुराकनी भिडियोमा समेत उपलब्ध रहेको छ ।
तपार्इंको आफ्नो शैक्षिक पृष्ठभूमि बताइदिनुन ।
–१९९३ मा मैले सेन्टजेभिएरमा गणित र कम्युटरको शिक्षकको रुपमा प्रतिस्पर्धाको माध्यमद्धारा प्रवेश गरेको हो । काम गर्दागर्दै पछि मैले प्लस टुमा पनि काम गरेँ । एक सफल शिक्षकका रुपमा गणित विषयको हेड अफ डिपार्टमेण्ट पनि भएँ । र उता मेरो आफ्नो शिक्षाको कुरा गर्ने हो भने मैले एमएस्सी एप्लाइड साइन्समा गरे । बंगलादेशको ढाका युनिभर्सटीबाट सो डिग्री हासिलल गरेको हो । यसरी एप्लाइड साइन्समा एमएस्सी गर्ने म लगायत २ जना मात्रै छाँै नेपालमा मेरो जानकारीमा आएसम्म ।
करिअर एकाडेमीको आवश्यकता किन महशुस गर्नुभयो ?
–जब म सेन्टजेभिएरको शिक्षक थिए त्यतिबेला जुन अभिभावकहरुको जिज्ञाशाहरु हुन्थे त्यो विद्यालयका कुनैपनि निकायले पुरा नगरेको जस्तो लाग्यो । उनीहरुका जिज्ञाशाको समधान कसैले पनि नदिने भएका कारण उनीहरु जहिल्यै पनि सुन्तुष्ट हुन सकेनन् । सेन्टजेभिएर, सेन्टमेरिज र रातो बंगला जस्तो विद्यालयमा आफ्नो छोराछोरीलाई भर्ना गर्नका लागि कुन बाटो जाने भन्ने बारेमा अभिभाकहरु जहिल्यै पनि समस्यामै परिरहे । सेन्टजेभिएर स्कुलमा जुन भिड बढदै गएको थियो त्यसलाई सम्बोधन गर्ने प्रकारको कुनै संस्था थिएन । धेरै अभिभावकहरुले मलाई त्यो विद्यालयमा कसरी भर्ना गर्ने गाइडलाइन दिनुप¥यो भनेर अनुरोध गर्ने गर्नुहुन्थ्यो । त्यसरी अभिभावकको आग्रहमा सुरुमा मैले कोचिङको रुपमा केहि क्लास लिइदिए । सुरुमा मैले १० जना विद्यार्थीलाई पढाए र त्यसमध्ये ८ जना विद्यार्थीले भर्ना प्राप्त गरे । तीनै अभिभावकको आग्रह र सहयोगबाट यो संस्थाको समेत स्थापना गर्नुपर्ने भयो । सुरमा हामीले जावलाखेलबाट यसको सुरुवात गरेको हो । त्यहाँ हामीले १० बर्ष काम ग¥याँै र अहिले हामी पुल्चोकमा छाैँ यसरी आउँदा अहिले त १६ बर्ष भइसकेछ यो संस्था चलिरहेको । प्रि–प्राइरी र प्राइमेरि बिचको जुन ग्याप छ त्यसलाई पुर्णता दिने काम मेरो संस्थाले गरिरहेको छ । सोहि प्रक्रिया अन्तर्गत हामीले ९८ प्रतिसत सफलता पनि पाइरहेका छौ ।
झासँगको कुराकानी यहाँ हेर्न र सुन्न सक्नुहुनेछ ।
नेपालमा प्रि–प्राइमरी शिक्षाको जे प्रणाली छ यसमा तपाईको टिप्पणी के छ ?
–खासगरी प्रि–प्राइमेरीको शिक्षाको जुन सन्दर्भमा छ । मुलभुत रुपमा स्कुल सुरु गर्नुपुर्वको समयसम्म जुन रेखदेखको आवश्यकता छ अभिभावकले खोज्ने पनि मुलभुत रुपमा त्यहि नै हो । तर सरकारी तवरबाट भन्ने हो भने यस तहलाई फोकस गरेर सेलेवसनै निर्माण भएको छैन । सबै विद्यालयको पद्धति अहिलेसम्म यो तहका लागि एउटै छैन । जस्तो मण्टेश्वरीको लहर चलिरहेको छ एक प्रकारका फेसनका रुपमा । मण्टेश्वरीले पनि व्यबहारिक शिक्षा त दिएको जस्तो ग¥यो तर सैद्धान्तिक ज्ञान दिन सकेन । त्यहि ग्याप हामीले पूरा गरिरहेका छौँ ।
सरकारले त प्रारम्भिक शिक्षाको सन्दर्भलाई त्यसरुपमा अगाडी बढाएको छैन नि ?
–प्रारम्भिक शिक्षा प्राणालीमा सरकारले सबैभन्दा ध्यान दिनुपर्ने विषय हो । किनभने विद्यार्थीको जरानै त्यो हो त्यसमा ध्यान दिइएन भने कसरी अगाडी बढ्छ । सरकारले तत्काल यस विषयमा सोच्नुपर्छ किनकी त्यो भनेको सबैभन्दा महत्वपूर्ण कुरा हो । मण्टेश्वरीको रुप नेपालका सन्दर्भमा उपयुक्त छैन ।
अब शिक्षा कसरी अगाडी बढाउनु पर्छ ?
–यसका लागि सबै शिक्षा पद्धति समान बनउनुपर्छ । प्रि–प्राइमेरीदेखि ५ कक्षासम्मको सेलेवस बनाउनुपर्छ यसमा सबैलाई समान शिक्षा पद्धतिको विकास गर्नुपर्छ । त्यसको सरकारी सँगसँगै निजी निकायले पनि सोचेर अघि बढ्नुपर्छ ।
करिअर एकाडेमीको अबको लक्ष्य के हो ?
–म कुनैपनि विद्यार्थीको गन्तव्य बनाउने मान्छे होइन । म त खाली उनीहरुको गन्तव्यको सारथी मात्रै हँु । मुलभुत रुपमा उनीहरुको गन्तव्यको बारेमा अभिभावकले नै सोचेकै हुन्छ । त्यो गन्तव्यमा पु¥याउने उत्कृष्ट सारथी म भैरहेको छु तपाईले भन्नुभयो सोही कारण हामीकँहा चाप बढेको बढ्यै छ । हामीले मुलभुत रुपमा आफ्नो लक्ष्यअनुसार अघि बढीरहेका कारण सबै अभिभावकको प्रिय भएका छौ ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७३