कुवेत । महोत्तरीको बर्दिबासमा निर्माण भइरहेको एकीकृत नमुना बस्तीका लागि कुवेता बस्ने नेपालीहरुले सहयोग गरेका छन । कुवेतमा रहेका युवाहरुले ३८ हजार ६ सय ८१ रुपैयाँ संकलन गरी धुर्मुस सुन्तली फाउण्डेसनमा जम्मा गरेको सहयोग अभियानका संयोजक पूर्णप्रसाद ढुंगानाले जानकारी दिनुभयो । संकलित रकम हिमालयन बैंकमा कुञ्जना घिमिरेको नाममा जम्मा गरिदिएको ढुंगानाले आजको न्युजलाई जानकारी दिनुभयो ।
टेलिफिल्मको निर्माण नै छाडेर समाजकल्याणको कामका लाग्नुभएका कलाकारद्धय सिताराम कट्टले र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई देश र विदेशमा रहेका नेपाली समूदायले सहयोग गरिरेहेका छन । यही क्रममा कुवेतका युवारुले पनि सहयोग गरेका हुन । केही दिन अघिमात्र पत्रकार सम्मेलन नै गरी फाउण्डेसनका सिताराम कट्टेलले मुसहर बस्ती निर्माणका लागि आर्थिक अभाव भएको बताउनु भएको थियो । फाउण्डेसनले श्रमदान र आर्थिक सहयोग दुबै प्राप्त गर्दै आएको छ ।
गत पुस २५ गते शिलान्यास भएर निर्माण सुरु भएको मुसहर बस्तीमा तीनजना फ्रेञ्च र एकजना अर्जेन्टियन नागरिक र नेपाल युवा सञ्जाल (आयोन) का १२ जना पनि पछिल्ला ३५ दिनदेखि कडा मेहनतपूर्वक श्रमदान गरिरहेका छन् । बस्ती निर्माणमा रु चार करोड ७८ लाखको लागत लाग्ने अनुमान गरिएको छ । आगामी वैशाख १ गते नयाँ वर्षका दिन हस्तान्तरण गरिने बस्ती निर्माणको हालसम्म ५० प्रतिशत काम सम्पन्न भएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७३