नेकपा एमालेको भ्रातृ संगठन युवा संघमा महाधिवेशन नजिकैसँगै विवाद बढेको छ । एक उपाध्यक्षसहित केही सदस्यले पत्रकार सम्मेलन नै गरेर माग पूरा नभए छुट्टै महाधिवेशन गरी नेतृत्व चुन्ने चेतानी समेत दिएका छन । पार्टीका वरिष्ठ नेता निकट मानिने उपाध्यक्ष दिलु पन्तको समूहले संघको सस्थापन पक्षले बहुमतको आडमा संघ कब्जा गरेको आरोप लगाउदै आएको छ । युवा संघको यही पछिल्लो विवादका सन्दर्भमा आजको न्युजले युवा संघका उपाध्यक्ष रमेश पौडेलसँग गरेको कुराकानी ।
युवा संघमा फेरि विवाद बढेको हो ?
–मलाई त त्यस्तो लाग्दैन ।
तपाईहरुले गुटबन्दी गरेको आरोप छ नि ?
–हामीले गुटबन्दी किन गर्ने ? युवा संघका निर्णयहरु कार्यान्वयन गराउने र मान्ने इमान्दार कार्यकर्ता भएकाले हामी त्यस्तो पक्षमा कहिल्यै छैनौँ । तर उहाँहरुले नै गुटबन्दी गरेको भए म जान्दिन ।
उसोभए उपाध्यक्षसहितका केही पदाधिकारीले सार्वजनिक रुपमै छुट्टै महाधिवेशनको चेतावनी दिनुभएको सत्य हैन ?
–मैले पनि केही सञ्चार माध्यमबाट सुनेको हो । उहाँहरुको असन्तुष्टि छ जस्तो मलाई लाग्दैन । संघको महाधिवेशन पनि नजिकएको कारणले केही बोलेर चर्चा कमाउ भन्ने लागेको हुन सक्छ । संगठनको बिधि र पद्धतिमा उहाँहरुको असन्तुष्टि हो भने त बैठकमा पनि राख्नुप¥यो, बाहिरी फोरममा कुरा उठाएर हुँदैन । संगठनका सबै अधिकारीले राखेको कुरामा छलफल हुन्छ र उपाध्यक्ष दिलु पन्तको नहुने भन्ने कुरै रहेन । म उहाँहरुलाई छलफलका लागि आउन आग्रह गर्छु ।
अन्तरजिल्ला समन्वय कमिटी गुटबन्दीका लागि सक्रिय गराईयो भन्ने आरोप छ नि ?
–यो आरोपका लागि आरोप हो । अन्तरजिल्ला समन्य कमिटी लाहान अधिवेशनदेखि निरन्तर छ । अहिले अञ्चल कमिटीको रुपमा सञ्चान गरिरेका छौँ, जुन युवा संघको विधान अनुसार । पर्टीको नियमवालीको हवलादिँदै साथीहरुले खारेज हुनुपर्छ भन्नु भएको छ । त्यो गलत हो । हामी युवा संघ पार्टीको सिद्धान्तलाई बोक्छौँ तर हाम्रो संरचनाको विषयमा निर्णय गर्न स्वायत्त छौँ । युवा संघले आफ्नो बिधानमै भएको व्यवस्था परिवर्तनका लागि विधानसभासम्म लानु हाम्रो कर्तव्य हो । जुन बिधानमा हामी सञ्चालिन छौँ त्यो विधान पनि पार्टीले अनुमोदन गरेको छ । त्यसकारण नियमावलीको कारण देखाउँदै तत्कालै झण्डै १५ सय साथीरुलाई हामी संगठनबाट बाहिर पठाउन सक्दैनौँ । सांगठनिक रुपमा हामी स्वतन्त्र भएका कारणले यी विषयमा युवा संघले निर्णय गर्छ । बिधानमा भएको व्यवस्था खारेज गर्ने विषय तीन जना साथीरुले बैठकमा उठाउनु भएको थियो । त्यस विषयमा अध्यक्षले निर्णय सुनाउदै महाधिवेशनसम्म अहिलेकै अवस्थामा जाने र त्यसपछि निर्णय लिने बताउनु भएको थियो । त्यही अनुसार हामी अघि बढ्नु पर्छ ।
भनेपछि दिलुजीहरुले भनेको सात दिनमा उहाँहरुले भनेजस्तो माग पूरा हुँदैन ?
–अहिले अन्तरजिल्ला समन्य कमिटी विघटनको कुरा सम्भव छैन । त्यो महाधिवेशन अघि सम्भव नै छैन । अर्को कुरा उहाँहरुको चेतावनी रिपोर्टर्स क्लब र अल्फा हाउसमा आउँछ तर संगठनमा अहिलेसम्म आएको छैन । त्यसकारण म आग्रह गर्छु प्रक्रियासंगत रुपमा आफ्नो विषय कमिटीमा ल्याएर छलफल गर्नुहोस ।
के युवा संघ फुटको संघारमा पुगेको हो ? उहाँहरुले सात दिनमा माग पूरा नभए छुट्टै महाधिवेशन गर्ने चेतावनी दिनुभएको छ ।
–मलाई त्यस्तो लाग्दैन । तर साथीहरुको असन्तुष्टि बैठकमा आउँदा सबै समाधान हुन्छ । बसेर संगठनको कमिटीम बसेर छलफल गर्ने कुरा बाहिर गरेर समाधान निस्कदैन ।
तपाईहरुले बहुमतका आधारमा दिलु पन्तजीको समूहलाई सधैँ पेलिरहनुभएको आरोप छ नि ?
–हैन कुरा भने हामीले दिलुजीले जे माग्नु भो त्यही दिएऔँ । उहाँले कार्यबाहक अध्यक्ष माग्नु भो त्यसमा पनि मैले सहमति जनाएँ उहाँलाई नै दिइयो । भूमिकाहरु खोइ भन्नु भो अभियानहरुको नेतृत्वको जिम्मेबारी दिइयो । छलफलको कुरा गरियो त्यो पनि मानियो अहिले त बिधानमा भएको व्यवस्था नै खारेज गर्नप¥र्यो भन्नुहुन्छ । उहाँको चित्त पनि कस्तो अचम्मको भने उहाँलाई अनुकुल हुँदा बुझ्ने नत्र भड्किहाल्ने । हामीले धेरै कोशिश गर्दा पनि उहाँको चित्त बुझाउन सकिएको छैन ।
तपाईहरु महाधिवेशनको नजिक रहेका कारण यस्तो विवाद देखिएको हो त ?
–मलाई त त्यस्तै लाग्छ । उहाँहरु महाधिवेशनमा निर्वाचन हुने अवस्थामा पराजित भइन्छ कि भन्ने भए बोकेर हिड्नु भएको छ । यसो गर्नु राम्रो होइन । म त भन्छु संघको नेतत्ृव सहमतिमा चुनौँ । आउनुहोस नेकपा एमालेलाई देशमा दुई तिहाई बहुमतसहितको पहिलो शक्ति बनाउने जिम्मेबारी हाम्रो काँधमा छ । यो समयमा कुनै भय बोकेर, कुण्ठा बोकेर केही हुँदैन । पार्टी र संगठनका लागि काम गर्ने कार्यकर्ताहरुले यस्तो महत्वपूर्ण अवसर गुमाउनु हुँदैन ।
भनेपछि तपाईं पनि अबको अध्यक्षको उम्मेदबार हो ?
–म वर्तमान कमिटीको उपाध्यक्ष भएका कारण अध्यक्षको स्वभाविक हकदार हो । साथीहरुले पनि मलाई नेतृत्व लिनुपर्छ भनेर आग्रह गरिरहनु भएको छ । परिस्थितिले समेत मलाई नै नेतृत्व सुम्पने अवस्था देखिरहेको छु । तथापी संगठनलाई एक ढिक्का बनाउन सहमतिमै नेतृत्व चयन गर्ने हाम्रो जोड हुनेछ ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७३