काठमाडौँ । धन कमाउने सपना बोकेर मलेसिया पुगेका खोटाङका एक युवालाई दुई हप्ता नबित्दै स्वदेश फर्किएका छन्।
मलेसिया पुगेको छ दिनमै बेपत्ता बनाइएका उनलार्इ त्यहाँबाट उद्दार गरी नेपाल पठाइएको हो। खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बमप्रसाद राईलाई बन्धक बनाएर राखिएको ठाउँबाट नेपाली दुतावासको सहयोगमा उद्धार गरेर मंगलबारराति नेपाल फर्काइएको हो ।
रोजगारीका सिलसिलामा काठमाडौँको सनलाइट ह्युमन रिसोर्स प्रालिबाट गत फागुन २३ गते उनी मलेसिया पुगेका थिए । उनलार्इ फागुन २७ गते बसेकै ठाउँबाट बेपत्ता वेपत्ता पारिएको थियो । मलेसियाको व्याङ्गुनान एसआरआई लयाङ जलन थाम्बी बब्दुल्लाह ब्रिकफिल्डस् ५०४७० क्वालालम्पुर कम्पनीमा सुरक्षा गार्डका रुपमा रार्इलार्इ राईलाई बेवारिसे अवस्थामा उद्धार गरेर स्वदेश फर्काइएको हो ।
बेलुकाको खाना खाएपछि सुत्न गएको र राति नै सम्पर्कविहीन भएका उनलार्इ १६ घण्टापछि फेला पारिएको थियो ।
खोजीकै क्रममा नाम बताए पनि कम्पनीको नाम र ठेगाना बताउन नसक्ने अवस्थामा बातुकेभ भन्ने स्थानमा मलेसियामै कार्यरत नरेश ओलीले भेटेर राईको तस्वीर फागुन २८ गते फेसबुकमा अपलोड गरेका थिए । त्यही तस्विरका अाधारमा उनलार्इ फेला पारिएको थियो ।
मलेसियास्थित नेपाली दूतावासले उनको उद्दार गरी सुरक्षित राखेको थियो। उनलाई उनका गाउँले दुखीप्रसादले बुझेर नेपाल फर्काउन सहयोग गरेका थिए।
राईले मेनपावरलाई रु ९० हजार बुझाए पनि मेनपावरले भने रु २० हजारको मात्र भरपार्इ गरेर मलेसिया पठाएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत ७, २०७४