अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएन एनसीसी) अमेरिकाको अध्यक्ष पदमा हालकी उपाध्यक्ष रविना थापाले उम्मेद्वारी दिने भएकी छन् । आगामी फेबु्रअरी १९ तारिखका दिन एक कार्यक्रमका बीच थापाले अध्यक्ष पदका लागि विधिबत्ररुपमा उम्मेद्वारी दिने घोषणा गरेकी छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष थापा अमेरिकाबासी नेपालीका माझ एक कुशल महिला समाजसेवीका रुपमा परिचित छिन् । उनले नेपालका दर्जनौं स्थानमा समाजसेवाको माध्यमबाट विकास निर्माणमा सघाई रहेकी छन् । थापाले आगामी कार्यकाल अर्थात् सन् २०१७ देखि सन् २०१९ का लागि अध्यक्ष पदका लागि उम्मेद्वारी दिन लागेकी हुन् । उपाध्यक्षको भूमिका रहेकी थापाले अहिलेसम्मको अनुभव र योगदानलाई निरन्तरता दिँदै सबैबाट प्राप्त सहयोग र सद्भाव अनुसार अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको बताएकी छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७३